कोरिया पठाइदिन्छु भनि ठगी गर्ने कोरियन नागरिक पक्राउ

काठमाडौं। प्रहरीले दक्षिण कोरिया पठाईदिन्छु भनी ठगी गरेको कोरियन नागरिकलाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–७ लाहुरेटोल चावहिल बस्ने ७३ वर्षीय कोरियन नागरिक रे सि जङलाई काठमाडौं महानगरपालिका–३ महांकालबाट हिजो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरिय प्रहरी वृत्त गौशाला काठमाडौं पठाइएको छ ।

Back to top button