बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

विराटनगर । झापाको कमल गाउँपालिका वडा ५ सितापुरी स्थित पूर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ईलाम सुर्योदय नगरपालिका वडा १ बस्ने ३९ बर्षीय कमल राई रहेका छन् ।

हिजो बेलुका करिब ७ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको लु.१ ख ८८३६ नम्बरको बसले ठक्कर दिदा घाईते भएका राईको उपचारको लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।

बस र चालक रुपन्देही बुटवलका ५२ बर्षीय पुर्ण बहादुर पौडेललाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । घटनाका बारे थप अनुसन्धान भईरहेको जनाएको छ ।

Back to top button