एभरेष्टको वार्षिक अतिरिक्त कार्यक्रमहरु सम्पन्न

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट कलेजले यस वर्ष सञ्चालन गर्दै आएको विभिन्न अतिरिक्त कृयाकलापहरु सम्पन्न भएको छ ।

कलेजमा एक समापन समारोहको आयोजना गरि यस बर्षको अतिरिक्त कार्यक्रमहरु सम्पन्न गरिएको कलेज प्रशासनले जानकारी दिएको छ ।

फुटबल, बास्केटबल, टेबलटेनिस, हाजिरी–जवाफ, निबन्धलेखनलगायतका प्रतियोगिता सम्पन्न गरेको एभलेष्टले फागुन २७ गते कविता प्रतियोगिता सम्पन्न गरेको थियो ।

जसमा रसिया युक्रेनको युद्धको परिवेशलाई लिएर ‘युद्धले के पायो त ? भन्ने शिर्षकमा कविता वाचन गर्ने छात्र प्रकाश चौलागाँई विजेता तथा ‘नारीवाद’ कविता प्रस्तुत गर्ने जेश्ना श्रेष्ठ द्धित्तिय हुनुभयो ।

विभिन्न प्रतियोगिताका विजेताहरुलाई शैक्षिक शत्रको अन्त्यमा भव्य कार्यक्रमको आयोजना गरि पुरस्कार वितरण गरिने जानकारी कलेजका सहायक क्याम्पस प्रमुख नारायण कडरियाले बताउनुभयो ।

प्रदेशकै अग्रणी शिक्षण संस्थाका रुपमा स्थापित एभरेष्ट कलेजले विद्यार्थीहरुको सर्वाङ्गिण विकासका निम्ति विभिन्न कृयाकलाप गर्दै आएको छ ।

विद्यार्थीको नेतृत्व विकासका निम्ति लोकतान्त्रिक विधिबाट विभिन्न क्लव गठन गर्दै आएको एभरेष्टले विद्यार्थीको प्रतिभा, रुचि र प्राथमिकताका आधारमा क्लवहरु गठन गर्ने गरेको छ । तिनै क्लवबाट विद्यार्थीहरुले आ–आफ्नो रुचि अनुशारको दक्षता हासिल गर्ने गरेका छन् ।

विद्यार्थीहरुलाई विश्वस्तरमा प्रतिष्पर्धा गर्नसक्ने ग्लोबल सिटिजन बनाउन सोहि अनुशारको वातावरण बनाउँदै लगेको एभरेष्टका प्रिन्सिपल तथा प्याब्सन केन्द्रिय अध्यक्ष टिकाराम पुरीले बताउनुभयो ।

Back to top button