राष्ट्रपति र प्रधानमन्त्रीसँग साउदी विदेशमन्त्रीको शिष्टाचार भेट

काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैजल विन फरहान अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

उहाँले राष्ट्रपति कार्यालय शितल निवास पुगी राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्नुभएको थियो । ‘त्यस अवसरमा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासेका विषयमा छलफल भयो,’ भेटपछि राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रपतिलाई भेटिसकेपछि उहाँले प्रधानमन्त्री देउवासँग भेट गर्नुभएको थियो । प्रधानमन्त्रीसँगको शिष्टाचार भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको बताइएको छ ।

नेपालको दुई दिने भ्रमणको सिलसिलामा साउदी विदेशमन्त्री साउद हिजो काठमाडौं आइपुग्नुभएको थियो । उहाँ आज विहान नेपाल–साउदी उच्चस्तरीय द्विपक्षीय बैठकमा सहभागी हुनुभएको थियो ।

Back to top button