तोलामा १२ सयले घट्यो सुन

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर ओरालो लागेको छ। हिजो तोलाको १८ सयले घटेको सुन आज १२ सयले घटेको छ।

हिजो तोलामा १ लाख ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १२ सयले घटेर ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य पनि आज १५ रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Back to top button