
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग विश्वकर्मा ‘प्रकाण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्नुभएको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा आज बिहान भएको भेटमा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनसम्बन्धी बन्दी रिहा गर्ने र नेता कार्यकर्ताको मुद्दा खारेजीको विषयमा छलफल भएको नेता विश्वकर्माले जनाकारी दिनुभयो।
भेटमा रिहा हुन बाँकी रहेका बन्दीहरूलाई र मुद्दा खारेज हुन बाँकी रहेका विषयलाई छिट्टै टुङ्ग्याउने सहमति भएको उहाँको भनाइ छ। भेटमा सरकारको तर्फबाट प्रधानमन्त्रीसँगै गृहमन्त्री बालकृष्ण खाँण र गृहसचिव टेकनारायण पाण्डेको पनि सहभागिता रहेको थियो।