एमालेसँग चुनावी सहकार्यको ढोका बन्द गरेका छैनौ :वर्षमान पुन

कपिलवस्तु । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले आफूहरुले एमालेसँग चुनावी सहकार्यको ढोका बन्द नगरेको बताउनु भएको छ ।

पुनले संघ, प्रदेश र स्थानीय तह निर्वाचनमा वर्तमान सत्ता गठबन्धन आवद्ध कांग्रेस, एकीकृत समाजवादी र संघीय समाजवादीसँग तालमेलमा जोड दिने तर, एमालेसँग पनि ढोका बन्द नराख्ने नीति आफूहरुको रहेको बताउनु भयो ।

‘सत्ता गठबन्धनका दलहरुबीचमै चुनावी तालमेल गर्नेमा हाम्रो जोड रहन्छ,’ पार्टीको लुम्बिनी प्रदेश बैठकलाई बुधबार सम्बोधन गर्दै पुनले भन्नुभयो , ‘एमालेसँग पनि ढोका बन्द छैन।’

यद्यपि माओवादी एक्लै निर्वाचन लड्न सक्षम रहेको उहाँको भनाइ थियो।

Back to top button