
विराटनगर । विराटनगरका सौन्दर्यकर्मीहरुले होली पर्व मनाएका छन् । बुधबार विराटनगरमा एक कार्यक्रमका बीच उनीहरुले शुभकामना आदानप्रदान तथा रंग दलेर होली मनाएका हुन् ।
शुभकामना आदानप्रदान कार्यक्रममा भेला भएका सौन्दर्यकर्मीहरुले पेशालाई मर्यादित बनाउन सबैको सहयोग आवश्यक रहेकोमा जोड दिए ।
एमाले निकट राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटीले आयोजना गरेको सो कार्यक्रममा जिफन्ट प्रदेश १ अध्यक्ष किशोर धमला र सौन्दर्यकर्मी युनियनकी उपमहासचिव ममता प्रधानलाई सम्मान गरिएको युनियनकी महानगर अध्यक्ष अमिता पोखरेलले बताइनउनु भयो ।
सौन्दर्यकर्मीहरुलाई एकताबद्ध गर्न र आपसी सद्भाव बढाउन कार्यक्रमको आयोजना गरिएको सचिव भली सुब्बाले जानकारी दिनुभयो ।
कार्यक्रममा एमाले विराटनगर महानगर कमिटी अध्यक्ष सागर थापा, प्रेस चौतारी मोरङका सचिव शशांक पौडेल, युनियनकी प्रदेश उपाध्यक्ष ललिता धिमाल, प्रदेश सचिव कला डाँगीलगायतका होली पर्वको शुभकामना व्यक्त गर्नुभएको थियो।