नागरिकता अध्यादेशविरुद्ध परेको रिट निवेदन खारेज

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता अध्यादेशविरुद्ध परेको रिट निवेदन खारेज गरेको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले बुधवार रिट निवेदन खारेज गर्ने फैसला गरेको हो ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७८ जेठ ९ गते अध्यादेश जारी गरेको थियो । सोही जेठ ७ गते मध्यरातमा दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि अध्यादेश जारी गरिएको थियो ।

सरकारको कदमविरुद्ध वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपाने लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नु भएको थियो ।

सर्वोच्च अदालतले जेठ २७ गते सरकारले ल्याएको अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । बुधवार रिट निवेदन खारेज भएको छ ।

Back to top button