अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुन नेपाली टोली बंगलादेश जाने

काठमाडौं । बंग बन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुन १० पुरुष खेलाडीसहित १५ सदस्यीय नेपाली टोली बिहीवार बंगलादेशको ढाका जाने भएको छ ।

खेलाडीहरूमा कल्याण भुजेल, प्रवीण खड्का, नागेश्वर थारु, रन्जित गज्मेर, रामु टमाटा, अजय मानन्धर, प्रदीप मिजार, कुमार लामा, बन्धु राणा र लालमोहन यादव छन् ।

प्रशिक्षकमा पार्वती राई, अफिसियलमा प्रकाशप्रसाद शाह र अर्विन्दकुमार झा, व्यवस्थापक रामकेवल मुखियाँ तथा जजमा विनोद प्रजापति छन् ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापाले बुधवार एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।

प्रतियोगिता मार्च १६–२५ तारिखसम्म हुनेछ ।

Back to top button