टेलिकमको आकर्षक अफर

काठमाडौं ।आज बिहीबार परेको होलीका अवसरमा नेपाल टेलिकमले ग्राहकका लागि आकर्षक अफर ल्याएको छ ।

टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर ल्याएको हो । यो अफर आजदेखि चैत १७ गतेसम्म उपलब्ध हुने टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘यो अफर अन्तर्गत रु. ६९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा, रु. ९८ मा ६ जीबी डाटा ३ दिन र रु. २९४ मा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ । *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ’, टेलिकमले जनाएको छ ।

होलीसहित चैते दशैंलाई समेत दृष्टिगत गरी अफर ल्याएको बताउँदै टेलिकमका प्रवक्ता शोभन अधिकारीले यसको अवधि १५ दिनसम्म कायम रहने जानकारी दिए ।

Back to top button