प्रहरी चेकिङमा अनियन्त्रित हुँदै पिकअप दुर्घटनाः दुईजनाको मृत्यु, दुईजना प्रहरी घाइते

रौतहट । रौतहटमा गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । दुई जना प्रहरी घाइते भएका छन्।

रौतहटको वृन्दान्दावन नगरपालिका–६ हर्षाहमा चन्द्रनिगाहपुरबाट गरुडातर्फ जाँदै गरेको बा १७ च ६१६३ नम्बरको महेन्द्रा पिकअपको ठक्करबाट बृन्दावनका ३७ वर्षीय जीतेन्द्र पटेल र २७ वर्षीय हरि कुमार ठाकुरको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ।

प्रहरी चेकिङमा गाडी अनियन्त्रित भई सोही स्थानको पान पसल र मोटरसाइकलमा समेत ठक्कर दिएको प्रहरीले जनाएको छ। गाडीको ठक्करबाट प्रहरी चौकी हर्षाहमा कार्यरत प्रहरी सहायक निरीक्षक उपेन्द्र प्रसाद यादव र प्रहरी जवान मुर्तुजा अन्सारी घाइते हुनुभएको हो । ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

Back to top button