
काठमाडौं । भारतमा जारी साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले आज बंगलादेशको सामना गर्दैछ। खेल जमसेदपुरमा साँझ सवा ७ बजे सुरु हुनेछ।
बंगलादेश तुलनात्मक रुपमा नेपालभन्दा बलियो टिम हो । यद्यपि प्रीति राईको कप्तानीमा रहेको नेपाल पहिलो जीतको खोजीमा छ। नेपाल पहिलो खेलमा आयोजक भारतसँग ७–० गोल अन्तरले पराजित भएको थियो।
यता बंगलादेशपनि पहिलो खेलमै जीत निकाल्न चाहन्छ। डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ। प्रतियोगिताको शीर्ष टोलीले उपाधि हात पार्नेछ।