
काठमाडौं । यस वर्षको विश्व सुन्दरी (मिस वर्ल्ड) को ताज पोल्याण्डको क्यारोलिना बेल्वास्काले पाउन सफल हुनुभएको छ ।
नेपाली समय अनुसार आज बिहान अमेरिकाको पुएट्रोरिकोस्थित सानज्वाँ शहरमा सम्पन्न मिस वल्र्डको फाइनलमा अन्य प्रतिष्पर्धीहरुलाई उछिन्दै क्यारोलिना मिस वर्ल्ड बन्नुभएको हो ।
प्रतियोगितामा अमेरिकाको श्री सैनी फर्स्ट रनरअप हुनुभयो भने सेकेन्ड रनरअपको ताज कोट डी आइभोरीकी ओलिभिया यसले जित्नुभएको छ ।
मिस वर्ल्डको अन्तिम ३० मा पुग्नुभएको मिस नेपाल नम्रता श्रेष्ठ भने उहाँ भन्दा अघि बढ् सक्नुभएन । कूल ९७ प्रतिस्पर्धी मध्येबाट ४० जना प्रतिस्पर्धीलाई मात्र फाइनलमा सहभागी गराइएको थियो ।