स्थानीय चुनावले प्रतिगामीलाई दण्डित गर्छः माधवकुमार नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय निर्वाचनले प्रतिगामीलाई दण्डित गर्ने बताउनुभएको छ ।

प्रगतिशीलहरूलाई भने निर्वाचनमार्फत जनताले पुरस्कृत गर्ने भन्दै उहाँले एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै प्रतिगामीलाई दण्डित गर्ने बताउनुभएको हो ।

होलीको अवसरमा काठमाडौँमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दण्डित र पुरस्कृत गर्ने समय वैशाख ३० गते भएको बताउनुभएको हो ।

कार्यक्रममा उहाँले होली पर्वले नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता र एकता भाव जगाउन सकून् भन्दै शुभकामना समेत ब्यक्त गर्नुभयो ।

Back to top button