
इलाम । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्रमा एमालेले जनसभा गर्ने भएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनसभालाई सम्बोधन गर्नु हुने भएको छ । इलामको क्षेत्र १ को सूर्योदय नगरपालिकामा एमालेले जनसभा गर्ने भएको छ । खनाल सोहिनिर्वाचन क्षेत्र बाट बिजयि हुनु भएको थियो ।
आगामी चैत ६ गते आइतबार हुने बृहत जनसभामा १० हजारभन्दा बढीको सहभागिता रहने नेकपा एमाले इलामले गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । आमसभाको तयारीबारे जानकारी दिँदै नेकपा एमाले इलामका अध्यक्ष एवम् इलाम नगर प्रमुख महेश बस्नेतले १० हजारभन्दा बढी शुभेच्छुक सभामा सहभागी हुने जानकारी दिनुभयो । उहाँले सूर्योदयमा ओलीको पहिलो कार्यक्रम भएकाले सहभागिताका लागि कार्यकर्ता उत्साहित भएको बताउनुभयो।
‘कुनै पनि हैसियतमा केपी कामरेडको सूर्योदयमा पहिलो जनसभा भएकाले इलामका विभिन्न क्षेत्रका कार्यकर्ता र शुभेच्छुकहरू सहभागी हुन उत्साहित हुनु हुन्छ। उहाँहरूलाई व्यवस्थापनका लागि तयारी भइरहेको छ,’ बस्नेतले भन्नुभयो ््े
जनसभाका लागि अध्यक्ष ओलीसँगै एमाले उपाध्यक्ष एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्बाङसमेत इलाम आउने जनाइएको छ ।
उहाँले १० हजारभन्दा बढी सहभागी हुने भएकाले सहजताका लागि फिक्कल बजारमा २ वटा एलइडी स्क्रिन राखेर अध्यक्ष ओलीको सम्बोधन प्रशारण गरिने बताउनु भयो ।