विमान नर्वेमा अमेरिकी सेनाको दुर्घटना

काठमाडौं । चार जना सवार अमेरिकी सेनाको विमान उत्तरी नर्वेमा दुर्घटनाग्रस्त भएको नर्वेली उद्धार केन्द्रले जनाएको छ।

नर्वेमा दुर्घटना भएको उक्त अमेरिकी सैन्य विमानको बारेमा संयुक्त राज्य अमेरिकालाई जानकारी रहेको भन्दै उक्त घटनाको अनुसन्धान भइरहेको अमेरिकी मरीन कोर्प्सका प्रवक्ता स्पुतनिकले बताउनुभयो।

यसअघि नर्वेली उद्धार केन्द्रले खोजी कार्य जारी रहेको बताएको थियो। ‘अमेरिकी सेनाले नर्वेजियन अधिकारीहरूलाई खोज र उद्धार कार्यमा सहयोग गरिरहेको छ’, प्रवक्ता स्पुतनिकले भन्नुभयो।

यस्तै उहाँले अमेरिकी मरीन कोर्प्सका प्रतिनिधिले ओस्प्रे विमानले एक्सरसाइज कोल्ड रेस्पोन्स २०२२ नामक नाटो सैन्य अभ्यासमा भाग लिइरहेको जानकारी दिनुभयो ।

Back to top button