२ सय भन्दा बढी माओवादीका नेता कार्यकर्ताहरू एमालेमा प्रवेश

विराटनगर । गत स्थानियतहको निर्वाचनमा जनप्रतिनिधिका उम्मेदवार सहित २ सय भन्दा बढी माओवादीका नेता कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका छन् ।
सुन्दरहरैचा नगरपालिका वडा नम्बर ३ मा गत चुनावमा  माओवादीका तर्फबाट वडा सदस्यको उम्मेदवार बनेकी वडा सदस्य पूर्णमाया लिम्बु  सुन्दरहरैचा नगर सचिवालय सदस्य,सुनिल लिम्बु दीपेश अधिकारी  सहितका १ सय भन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको नगर सचिव सन्तोष घिमिरेले बताउनु भयो ।
राष्ट्रिय युवा संघ सुन्दरहरैँचा नगर कमिटी द्वारा आयोजित एक कार्यक्रम स्थायी कमिटी सदस्य डा. शिव माया तुम्बाहाम्फे लगायतका नेताहरूले नव प्रबेशीहरुलाई स्वागत गर्नु भएको थियो ।

Back to top button