जनविद्रोही शहिद लखन थापा मगर’ नामक पुस्तक विमोचन

काठमाडौं । लेखक तथा खोजकर्ता जीवन आले मगरद्वारा लिखित शोधग्रन्थ नेपालका ‘प्रथम जनविद्रोही शहिद लखन थापा मगर’ नामक पुस्तक विमोचन गरिएको छ ।
राजधानीको प्रज्ञा भवनमा आज आयोजित एक समारोह शहिद लखन गाउँपालिका गोरखाले प्रकाशन गरेको उक्त शोधग्रन्थ नेपाल सरकारका माननीय संस्कृति, पर्यटन, तथा नागरिक उड्डयनमन्त्री प्रेमवहादुर आलेले विमोचन गर्नुभयो ।

मन्त्री आलेले राणा शासनको विरुद्धमा जनस्तरबाट राजनीतिक सङ्गठन गरी लखन थापा मगरको नेतृत्वमा करिब दुई हजार जनसेना तयार गरी विसं १९२७ देखि १९३३ सम्म पहिलोपटक नेपाली जनताले विद्रोह गरेको स्मरण गर्नुभयो।

नेपाल सरकारले लखन थापा मगरलाई पहिलो शहिद घोषणा गरी उच्च सम्मान गरेको मन्त्री आलेले बताउनु भयो।

आदिवासी, जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले राणा सरकारको आदेशमा विसं १९३३ मा गोरखाको हालको शहिद लखन गाउँपालिका लखन थापा मगर, जयसिंह चुमी राना मगर, जीतमान गुरुङ, अछामी मगर, अजपसिंह थापा मगर, विराज थापा मगर र जुठ्या थापा मगरलाई झुण्ड्याइएको स्मरण गर्नुभयो

राष्ट्रियसभाका सदस्य सुरेश आले मगरले इतिहासमा मगरहरु शासक रहेको बताउँदै राष्ट्र निर्माणमा लखन थापालगायत हजारौँ मगर योद्धाहरुले बलिदानी प्रदान गरेको बताए ।

Back to top button