नेपाल आइडल सिजन–४ को उपाधि भैरहवाका भुपेन्द्रलाई

काठमाडौं ।भैरहवाका भुपेन्द्र थापा मगर नेपाल आइडल सिजन–४ को विजेता बन्नुभएको छ । चार प्रतिस्पर्धीलाई पछि पार्दै उहाँले नेपाल आइडल सिजन–४ को विजेता बन्न सफल हुनु भएको हो । । विजेता भएसँगै उहाँले ३० लाख रुपैँया पाउनु भएको थियो । त्यसका साथै ट्रफी र विभिन्न गिफ्ट भौचरहरु पाउनु भएको छ ।

त्यस्तै फस्ट रनरअप झापाका नाम्गेल तामाङ हुनुभएको भने सेकेन्ट रनरअप रामेछापका रञ्जित नेपाली हुनु भएके छ । नाम्गेलले ५ लाख रुपैँया र ट्रफी पाउनु भयो भने रञ्जितले ३ लाख रुपैँया र ट्रफी पाउनुभयो ।

त्यस्तै झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल टप तीनमा पर्नु भएन ।उहाँहरुले गिटार र दस लाख बरारको बीमा पाउनु भएको छ ।

यसैबीच अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्यापटेन रामेश्वर थापाले फिनालेका पाँच जनै प्रतस्पर्धी राष्ट्रका नयाँ प्रतीभाहरु भएको बताउनुभयो।

गत मंसिर २३ गतेदेखि नेपाल आइडलको चौथो संस्करण एपीवान टेलिभिजनमा प्रशारण थालिएको थियो। नेपाल आइडलको पहिलो संस्करणको विजेता बुद्ध लामा हुनुभएमो थियो भने भने दोस्रो सिजनको विजेता रवि वड हुनु भएको थियो । तेस्रो सिजनको विजेता भने सज्जा चौलागाईँ हुनु भएको थियो ।

Back to top button