तोलामा ६ सयले घट्यो सुन

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ।

आज सुन तोलाको ६ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाल सुन तोलाको ९९ हजार २ सयमा कारोबार भइरहेको भने तेजावी सुन तोलाको ९८ हजार ७ सयमा कारोबार भएको महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको मुल्यमा पनि घटेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर तोलाको १३ सय ७५ मा कारोबार भइरहेको छ।

Back to top button