
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुस पक्षधर ११ राजनीतिक दलको गतिविधिमा प्रतिबन्ध लगाउनुभएको छ ।
सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो सन्देशमा राष्ट्रपति जेलेन्स्कीले ‘अपोजिसन प्लाटफर्म–फर लाइफ’ सहितका रुस समर्थित दलका गतिविधिमा प्रतिबन्धको घोषणा गर्नुभएको हो । अपोजिसन प्लाटफर्म–फर लाइफ’को प्रतिनिधित्व युक्रेनी संसदमा पनि छ ।
विपक्षी बी लाक, पार्टी अफ शरिया, आवर्स, लेफ्ट ओपोजिसन, युनियन अफ लेफ्ट फोर्स, स्टेट, प्रोग्रेसिभ सोसलिस्ट पार्टी अफ युक्रेन, सोसलिस्ट पार्टी युक्रेन, सोसलिस्ट र भ्लादिमिर साल्डो ब्लोकमाथि प्रतिबन्ध लागेको हो ।
न्याय मन्त्रालयले प्रतिबन्ध कार्यान्वयका लागि तत्काल काम थाल्ने राष्ट्रपति जेलेन्स्कीले बताउनुभएको छ । मार्सल कानुन कायम रहँदासम्म प्रतिबन्ध पनि कायम रहने जेलेन्स्कीले बताउनुभएको छ ।