विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश, अध्यक्ष ओलीद्वारा स्वागत

इलाम – विभिन्न पार्टी परित्याग गरी इलामको फिक्कलमा नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज इलामको फिक्कलमा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नेहरूलाई स्वागत गर्नुभएको छ ।

इलाम क्षेत्र नम्बर १ अन्तर्गत फिक्कलमा आयोजित जनसभा र पार्टी प्रवेश कार्यक्रममा संसदीय दलका उपनेता सुवास नेम्वाङसहित अध्यक्ष ओली पुग्नु भएको हो ।

Back to top button