सुनसरीबाट २ सय २१ केजी गाँजा बरामद

सुनसरी । बराहक्षेत्र नगरपालिकापा–१ कोशीको भङ्गालोस्थित खयरघारीबाट २ सय २१ किलो अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।

हिजो साँझ प्रहरीले उक्त गाँजा बरामद गरेको हो । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा प्लाष्टिकको ७ वटा बोरामा उक्त गाँजा भेटेको थियो ।

Back to top button