म जहाँ जान्छु, त्यहाँका जनप्रतिनिधि एमालेमा प्रवेश गर्दैछन् : ओली

इलाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय पार्टी प्रवेशको लहर जागेको बताउनुभएको छ ।

इलाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफू जहाँ गयो त्यहींका जनप्रतिनिधि एमालेमा प्रवेश गर्ने बताउनुभएको हो । ‘म जहाँ गयो त्यहींका मेयर, गाउँपालिका प्रमुख, एमालेमा प्रवेश गरिरहेका छन् । उहाँहरूको पार्टीले राम्रो गरेको भए किन एमाले प्रवेश गर्ने थिए ? अहिले पार्टी प्रवेशको लहर नै लागेको छ, ‘उहाँले भन्नुभयो।

विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्नेहरू बुझेर नै आएका हुन्छन् । तपाईहरू अरु पार्टी परित्याग गरेर आउनुभएको छ । तपाईहरू बुझेरे नै आउनुभएको छ । तपाईको चेतनालाई म सलाम भन्न चाहन्छु,’ ओलीले भन्नुभयो ।

उहाँले अहिले एमाले जुन मजबुद हालतमा छ त्यो नेताहरूले नभएर कार्यकर्ताका कारण भएको बताउनुभयो ।

Back to top button