
काठमाडौं । भारतका लागि नेपाली राजदूतमा डा .शंकर शर्मा नियुक्त हुनु भएको छ । उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
मन्त्रिपरिषद्ले तीन महिनाअघि नियुक्तिको सिफारिस गरेर संसदीय सुनुवाइ भए पनि शर्माको एग्रिमो आउन विलम्ब भएको थियो। गत साता मात्रै एग्रिमो आएपछि उहाँलाई राजदूत नियुक्त गरिएको हो।
डा.शर्मा अर्थविद हुनुहुन्छ । उहाँले यसअघि अमेरिकाको राजदूतको जिम्मेवारी पनि सम्हालिसक्नु भएको छ । शर्मा अर्थविद् हुनुहुन्छ ।