
विराटनगर । अखिल नेपाल महिला संघ जिल्ला कमिटी मोरङले महिला तथा बालबालिकाहरू छर –छिमेकी र आफन्त बाटै असुरक्षित भएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापन पत्र बुझाएको छ ।
मोरङको सुन्दरहरैचामा नगरपालिका–७ कि १८ महिने वालिकाको बलात्कारपछि हत्या भएको घट्नाले नेपाली समाजको विद्यमान सामाजिक अवस्था र विकृति मनस्थितिको कुरूप चित्र उजार गरेको जिल्ला प्रशासन कार्यालयमा बुझाइएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
ज्ञापन पत्रमा भनिएको छ ‘अखिल नेपाल महिला संघ जिल्ला कमिटी यी र यस्ता जघन्य घट्नाको घोर भर्त्सना गर्दै पीडितको पक्षमा उठेको आवाज आन्दोलन प्रति एकबद्धता जनाउँदै न्याय लागि लडिरहेन प्रतिबद्धता व्याप्त गर्दछौ’
घट्नाको तत्काल सत्य तथ्य छानबिन गरी दोसिलाई कडा भन्दा कडा कार्वाहि र पीडितलाई उचित क्षति पूर्ति दिन समेत माग गरिएको छ ।
अखिल नेपाल महिला संघ जिल्ला कमिटी मोरङकी कार्यवाहक अध्यक्ष भीष्म कुमारी रेग्मी र सचिव रिता न्यौपाने लगायतका नेताहरूले सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनालाई ज्ञापन पत्र बुझाउनु भएको हो ।