
विराटनगर । मोरङको लेटाङमा स्थानीय र प्रहरीबीच झडप भएको छ ।
स्थानीय एक शिक्षकले विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपपछि भएको आन्दोलनले उग्ररुप लिदा झडप भएको थियो ।
पीडित विद्यार्थीका अभिभावक र आफन्तले दिनभर प्रदर्शन गरेका थिए । झडपका क्रममा एकजना महिला प्रहरी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते प्रहरीलाई उपचारमा लगिएको प्रदेश प्रहरी कार्यालय प्रबत्ता एसपि नविन राइले बताउनु भयो । झडपमा अन्य दुई शिक्षक समेत घाइते भएका छन ।