प्रधानमन्त्री देउवा आज सुन्दरहरैचा आँउने

प्रधानमन्त्री शेरबहादुर देउवा आज मोरङका सुन्दरहरैचा नगरपालिकामा आउँनु हुने भएको छ ।

प्रधानमन्त्री देउवा सुन्दहरैचामा तीन वटा कार्यक्रममा सहभागी हुन आज मोरङ आउन लागेको नगर प्रमुख शिव प्रसाद ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगर अस्पतालको उद्घाटन, नगरपालिकाको प्रशासनिक भवन र सुन्दरहरैचा नगरपालिकाको वडा नम्बर ९ मा निर्माण हुने कृषि बजारको शिलान्यास गर्ने कार्यक्रममा प्रधानमन्त्री देउवा सहभागी हुने जनाइएको छ ।

Back to top button