
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहितका नेता आज चीन प्रस्थान गर्नुभएको छ ।
उपाध्यक्ष पौडेलको नेतृत्वमा स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्पराज कंडेल र केन्द्रीय सदस्य मीना रखाल आज विहान चीन जानुभएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
चीनको कुन्मिङमा आयोजना हुने ‘इकोनोमिक कोअपरेसन एण्ड कल्चरल एक्सचेन्ज’ कार्यक्रममा सहभागी हुन उहाँहरु चीन जानुभएको रिजालको भनाइ छ। उहाँहरू यही चैत १४ गते स्वदेश फर्किनुहुनेछ ।