लेटाङ घटनामा संलग्न दोषीलाई कारबाही हुन्छ: प्रधानमन्त्री देउवा

विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले लेटाङ घटनाको छानबिन गरी महिला प्रहरी हत्या भएको घटनामा संलग्न दोषीलाई कारबाही गरिने प्रतिवद्धता जनाउनुभएको छ ।

सुन्दरहरैंचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास यहाँ आउनु भएका देउवाले दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

शिक्षकले एक बालिकालाई यौन हिंसा गरेको आरोपमा हिजो स्थानीय र प्रहरीबीच झडप हुँदा महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।

Back to top button