
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालि– सेलपेले नेपाली नयाँ वर्ष २०७९ को अवसरमा ‘नयाँ वर्ष आयो, क्यास ब्याक पायो’ योजनाअन्तर्गत सेलपे प्रयोगकर्ताहरूका लागि आकर्षक अफर ल्याएको छ।
जसअन्तर्गत सेलपे प्रयोगकर्ताहरूले टपअप, बस टिकट, हवाई टिकट र फोनपे क्यूआर भुक्तानी जस्ता विभिन्न सेवाहरूमा आकर्षक क्यास ब्याक प्राप्त गर्नेछन्। यो अफर मार्च १५ देखि अप्रिल १५ सम्म चल्नेछ।
यस अफरअन्तर्गत सेलपे प्रयोगकर्ताहरूले विभिन्न लाभहरू प्राप्त गर्नेछन्। जसअनुसार टप–अपमा ६ प्रतिशत क्यास ब्याक, फोनपे क्यूआर भुक्तानीहरूमा १० प्रतिशत (रु १०० को क्यापसहित) छुट, एयरलाइन्स टिकट खरिदमा रु १२०० सम्म छुट र बस टिकट खरिदमा १० प्रतिशत छुट हुने सेलपे जनाएको छ।
सो कम्पनीका अनुसार सेलपे प्रयोगकर्ताहरूले सेलपेबाट फोनपे मर्चेन्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्नुपर्नेछ र यो योजना अवधिमा सेलपे प्रयोगकर्ताहरूको पहिलो फोनपे मर्चेन्ट क्यूआर भुक्तानी कारोबारमा मात्र छुट प्राप्त हुनेछ।
यस योजनाबारे सेलकम प्रालिद्वारा गरिएको निर्णय अन्तिम हुने कम्पनीले जनाएको छ। यदि प्रयोगकर्ताहरूले कुनै अयोग्य कार्य गरे कम्पनीद्वारा प्रयोगकर्ताहरूलाई पुरस्कार प्रदान नगर्ने, प्रयोगकर्ताहरूलाई अयोग्य ठहराउने अधिकार सुरक्षित रहने सेलपेले जनाएको छ।