स्थानीयतहको निर्वाचनमा भरतपुर सिरहा काण्ड दोहोरिन नदिन कार्यकर्तालाई एमाले अध्यक्षको आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा ‘भरतपुर र सिरहा काण्ड’ दोहोरिन सक्ने भन्दै कार्यकर्तालाई सचेत रहन निर्देशन दिनुभएको छ ।

काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा जारी पार्टीको पोलिट्ब्युरोको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तहको चुनावमा ‘भरतपुर र सिराहा काण्ड’ दोहोरिन सक्ने भन्दै सचेत रहन कार्यकर्तालाई आग्रह गर्नुभएको हो। अध्यक्ष ओलीले आगामी स्थानीय तहको चुनावमा मतपेटिकालाई निगरानी राख्नु पर्ने बताउनुभएको छ ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘यसपटक मतपेटिका आँखाबाट ओझेल गर्न मञ्जुर गर्दैनौं । किनभने हामी षडयन्त्रभित्र छौं । काउन्टिङ अन्त्य नभएसम्म अन्तिमसम्म मतपेटिका हाम्रो आँखा अगाडि हुनुपर्छ। विश्वास गर्ने आधार छैन ।’

निर्वाचन आयोग समेत गठबन्धनसँग मिलेको भन्दै अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनसँग मिलेर नियम, आचारसंहिता र मतपत्रको रंङको टुंगो लगाएको आरोप लगाउनुभएको छ ।

Back to top button