मलद्धारमा सुन लुकाएर ल्याउने भारतीय नागरिक पक्राउ

काठमाडौं । मलद्वारमा १ किलो २ सय ग्रामभन्दा बढी सुन लुकाएर ल्याउने एक जना भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ३८ वर्षीय भारतीय नागरिक शुभम् मेहरा रहेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । नेपाल एयरलायन्सको विमानमा दुबईबाट नेपाल आएका मेहरालाई ‘आगमन टनेल गेटमा शंका गरेर नजिकैको शौचालयमा लगेर शौच गर्न लगाउँदा बरामद भएको हो ।

शौच गराउँदा मलद्वारमा हरियो पट्टिले बेरिएको अवस्थामा अर्धठोस अवस्थामा २ पोका सुन भेटिएको सुरक्षा कार्यालय प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताउनुभएको छ ।

पक्राउ परेका मेहरालाई थप अनुसन्धानका लागि विमानस्थल भन्सार कार्यालय बुझाइएको छ। बरामद गरिएको सुनको मूल्य करिब १ करोड ८४ हजार बराबर रहेको छ ।

Back to top button