१७ दशमलव ९९ अंकले बढ्‍यो नेप्से परिसूचक

काठमाडौं । साताको दोस्रो दिनको कारोबारमा शेयर बजार मापक नेप्से परिसूचक वृद्धि भएको छ।

पछिल्लो दुई सातादेखि निरन्तर रुपमा ओरालो लाग्दै आएको नेप्से परिसूचकमा आज १७ दशमलव ९९ अंकले वृद्धि भएको हो। हिजो १४ दशमलव ६७ अंकले गिरावट आएको नेप्से परिसूचक आज १७ दशमलव ९९ अंकले बढेर २ हजार ६३४ दशमलव ५७ बिन्दुमा पुगेको छ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स १ दशमलव ८८ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १ दशमलव ६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलव ४७ अंकले बढेको छ।

आज कारोबारमा आएका २३१ कम्पनीको ५१ लाख ८९ हजार ८३ कित्ता शेयर २ अर्ब ५९ करोड २७ लाख १८ हजार १३१ रुपैयाँ बराबरको कारोबार भएको छ।

हिजोको तुलनामा आज कारोबार रकममा समेत केही वृद्धि भएको छ। हिजो २ अर्ब २७ करोड ४६ लाख २६ हजार १९१ रुपैयाँ बराबरको कारोबार भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये सोमबार ११ वटा उपसमूहको सूचकमा वृद्धि भएको छ भने बाँकी दुईवटा उपसमूहको सूचकमा गिरावट आएको छ।

जसमा अन्य उपसमूह र होटल तथा पर्यटन उपसूचकको सूचक क्रमशः १ दशमलव ९ र ० दशमलव ४३ प्रतिशतले गिरावट आएको छ। त्यस्तै, विकास बैंकको उपसमूहको परिसूचक सबैभन्दा बढी २ दशमलव ९२ प्रतिशतले बढेको छ।

जलविद्युत् र फाइनान्स उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढको छ। त्यस्तै, व्यापार, जीवन बिमा र लगानी उपसमूहको सूचक १ प्रतिशतभन्दा बढीले बढेको छ भने बाँकी उपसमूहको परिसूचक ० प्रतिशतभन्दा कमले बढेको छ।

नेप्से परिसूचक वृद्धि भएसँगै इमर्जिङ नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, ङादी ग्रुप पावर, माउन्टेन हाइड्रो नेपाल र कर्णाली डेभलपमेन्ट बैंकको शेयरमूल्य बढेको छ।

तर, यता नेपाल टेलिकमको शेयरमूल्य सर्वाधिक २ दशमलव ९७ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा २० करोड ९४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। अरुण भ्याली हाइड्रोपावर ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

Back to top button