एमाले अध्यक्ष ओलीको अर्को गीत यूट्युबमा (हेरौं भिडियोसहित)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लेखेको ‘म जन्मे नेपालमा’ बोलको गीत यूट्युबाट सार्वजनिक भएको छ।

मदनगोपाल र आरके श्रेष्ठको स्वरमा रहेको यो गीत ‘बिजी म्युजिक’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । मदन गोपालकै संगीत रहेको गीतको भिडियोलाई श्याम खड्काले निर्देशन गर्नुभएको हो ।

भिडिओमा सीएनएन हिरो अनुराधा कोइराला, डा. भोला रिजाल, क्याप्टेन विजय लामा, पूर्व फुटबलर हरि खड्का, तेक्वान्दो खेलाडी दिपक विष्टलगायतलाई देखाइएको छ । यसअघि पनि अध्यक्ष ओलीले लेखेको गीत ‘म त भाग्यमानी’ यूट्युबमा सार्वजनिक भएको थियो ।

Back to top button