प्रहरी ज्यान जाने गरी भएको घट्नाको सत्यतथ्य छानबिन गर्न एमाले लेटाङको माग

विराटनगर । नेकपा एमाले नगर कमिटी लेटाङले आइतबार साँझ एक प्रहरी ज्यान जाने गरी भएको घट्नाको सत्यतथ्य छानबिन गर्न माग गरेको छ ।
लेटाङ नगरपालिका वडा नम्बर ५ को शिक्षा विकास माध्यमिक विद्यालयका एक जना शिक्षकले नाबालक छात्राको घरमै गएर बलात्कारको प्रयास गरेको भनिएको घटनामा आरोपित निज शिक्षकलाई सुरक्षाकर्मीले पक्राउ गरेर यसबारे अध्ययन अनुसन्धान गर्न कार्यालयतर्फ लैजाँदै गर्दा स्थानीयको आक्रमणमा परी प्रहरी जवान उर्मिला श्रेष्ठको निधन भएको थियो । महिला सुरक्षाकर्मीको मृत्यु भएको घटनाले हामी लेटाङ बासी अत्यन्तै दुःखी भएका छौ जारी विज्ञप्तिमा भनिएको छ ।
छात्रामाथि भएको भनिएको बलात्कार प्रयासको घटना र घटनामा संलग्नलाई नियन्त्रणमा लिएपछि राष्ट्रसेवक प्रहरीमाथि भएको आक्रमणको घटनाप्रति नेकपा (एमाले) लेटाङ नगर कमिटीको गम्भीर ध्यानाकर्षण भएको भन्दै अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन समेत माग गरिएको छ ।
‘संयतता, संवेदनशीलता र नियन्त्रणबाहिरको भीड लोकतन्त्र होइन । प्रतिशोध, मुठभेड, उपद्रव र अराजक गतिविधि लोकतन्त्रको फगत उपहास मात्र हो’ नगर कमिटी अध्यक्ष कृष्ण पोख्रेल द्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
एमाले लेटाङले एक जना महिलाको अस्मिता लुटिएको विषय उठाइरहँदा अर्को एक जना महिलामाथि भएको उदाङ्गो हमला र विभत्सपूर्ण ढङ्गले रचिएको दुवै घटना–परिघटनाप्रति निन्दा समेत प्रकट गरेको छ ।
आफ्नै छात्रामाथि बलात्कारको प्रयास गर्ने निज शिक्षकलाई समेत अविलम्ब सत्य तथ्य छानबिन गर्न र कानुनतः कडाभन्दा कडा सजाय दिलाउनका लागि प्रशासनसमक्ष जोडदार माग गरिएको छ ।
‘हामी लेटाङवासीले कहिल्यै सोच्दै नसोचेको यो दोहोरो मारको घटनाप्रति दुःखी तपाईँ आदरणीय आमाबुबा, दाजुभाइ, दिदीबहिनी र स्थानीय आम नागरिकमा विषयगत सुझबुझपूर्ण विवेक राख्दै अत्यन्तै आकर्षक धैर्यता र संयतता अपनाउन नेकपा (एमाले) लेटाङ नगर कमिटी हार्दिक अपिल गर्दछौ’ विज्ञप्तिमा भनिएको छ

Back to top button