
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
नेपालले हिजो युएईविरुद्धको खेलका दौरान रहेको प्लेइङ ११ मा दुई परिवर्तन गरेको छ। जहाँ विक्रम सोब र ज्ञानेन्द्र मल्ललाई बाहिर राख्दा आसिफ शेख र भीम सार्कीलाई टिममा राखिएको छ। भीमको एक दिवसीय अन्तर्राष्ट्रियमा डेब्यु भएको छ।
नेपालको प्लेइङ ११
सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आशिफ शेख, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, भीम सार्की, पवन सर्राफ।