मोरङमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु एक घाइते

विराटनगर । मोरङको कटहरी गाउँपालिका–५ भित्री सडकखण्डमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानिय २२ वर्षिय रबि हजारी थारु रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका थारुको कोशी अस्पतालमा उपचारको क्रममा गएराती १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडी सवार २६ वर्षिय सत्य नारायण माझीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, को २९ प ९१९७ नम्बरको मोटरसाईकल हिजो बेलुकी साढे ८ बजे अनियन्त्रित भई घरको भित्तामा ठोकिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

Back to top button