चुनावका बेला एमाले र माओवादी एक हुँन सक्छन: डा.शेखर कोइराला

विराटनगर । कांग्रेस नेता डा.शेखर कोइरालाले माओवदी र एमाले चुनावका बेला एक हुँन सक्ने बताउनुभएको छ ।

आज कोइराला निवास बिराटनगरमा चुनावि गितको सार्वजनिक गर्दै नेता कोइरालाले २०७४को निर्वाचनमा पनि माओवादी सरकारमा भएकै बेला हामीलाई थाहानै नदिई एमालेसँग मिलेकाले उहाँको भर नभएको समेत बताउनुभयो ।

स्थानिय तहको चुनावमा गठबन्धन गर्न नहुने बताएका उहाँको भनाइरहेको छ । अरुपाटीका नेतालाई जिताउनका लागि गठबन्धन गर्नु आवश्यक नरहेको समेत उहाँले बताउनुभयो । प्रचण्डलाई हराउन भनेर हतार हतारमा अरु नेतालाई साथ दिदा धेरै कार्यकर्तामा बिचलन आएको समेत उहाँले बताउनुभयो ।

‘अघिल्लो चुनावमा प्रचण्ड जिलाई हराउन भनेर राप्रपाका बिक्रम पान्डेलाई हामिले सहयो गरेउ’, उहाँले भन्नुभयोे,‘तर हामिले भनेको कार्यकताहरुले मानेनन आधा भन्दा धेर भोट त उहाँलाईनै गयो हामिले उठाएका उमेदवारलाई गएन ।’ कार्यकर्ता सक्षम भएकाले आफ्नो निर्णय आफै गर्ने अधिकार दिनु पर्ने उहाँको भनाई छ ।

धेरै जिल्लाहरुका नेता कार्यकर्ताले गठबन्धन नगरौ भनेकाले स्थानियतहको चुनावमा गठबन्धन गर्न नहुने उहाँको तर्क छ । संघ र प्रदेशको चुनाव पछि भएकाले त्यति बेला गठबन्धनका बिषयमा थप छलफल गर्नुपर्ने उहाँले बताउनुभयो । गठबन्धनमै रहेका ठुला दलका नेतालाई जिताउने जिम्मा भने कांग्रेसको भएको समेत उहाँले बताउनुभयो ।

२०७४ को चुनावको स्मरण गर्दै नेता कोइरालाले अशोक राई, कमल थापा बिक्रम पान्डेलाई आफनो निर्वाचन क्षेत्र छाड्दा घाटा भएको बताउनुभयो । चितवनामा बिक्रम पान्डेलाई हामिले सहयोग गर्दा झापामा कृष्ण प्रसाद सिटौलालाई राजेन्द्र लिङदेनले असायेग गरको भन्दै उहाँले अहिले पनि गठबन्धन गरे त्यहि अवस्था आउन सक्ने बताउनुभयो ।

गठबन्धन गर्ने बिषयमा एकपट नेतृत्वले सोच्नु पर्ने उहाँको भनाइ छ । भरतपुरमा रेणुदाहाललाई चुनावमा सघाएकै कारण कांग्रेसका नेता कार्यकर्ता बिभाजित भएको उहाँले बताउनुभयो । देशमा आर्थीक अवस्था कमजोर भएको भन्दैँ नेता कोइरालाले यसको असर भान्सा देखि विभिन्न क्षेत्रमा परेकाले पाटीले सोच्ने बेला आएको बताउनुभयो ।

उहाँले एमसिसिले एक खुडकिला पार गरेकाले यसको कार्यान्यन गरेर देशको विकासमा लाग्नु पर्ने समेत बताउनुभयो । एमसिसिमा सडक मर्मत तथा ट्रान्समिसन लाईन निर्माण गर्ने भन्ने सम्झौता रहेकाले ति काम सुरु भएपछि देशको विकास हुने उहाँको भनाई छ । देश ऋणमा भने फस्नु नहुने उहाँले बताउनुभयो ।

उहाँले महाधिवेशन पछि कांग्रेसमा कुनै मत बिभेद नरहेको समेत बताउनुभयो । आन्तरीक चुनाव भएकाले त्यसलाई ठुलो नवाई एक जुट भएर चुनावि मैदानमा जान समेत उहाँले नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

Back to top button