
काठमाडौं । भारतीय नायिका, मोडल सोनम कपूर आमा बन्न लाग्नुभएको छ । उहाँले आफू आमा बन्न लागेको इन्स्टाग्राममा तस्बिर साझा गरेर जानकारी दिनुभएको हो ।
तस्बिरमा उहाँ श्रीमान आनन्द अहुजाको काखमा सुतिरहनुभएको देखिन्छ । हात गर्भमा राखिएको तस्बिर साझा गर्दै लेख्नुभएको छ , ‘यी ४ हात हुन् जसले तिमिलाई हामीले सक्ने राम्रो तरिकाले हुकाउनेछन्, यी दुई मुटु जो तिमीसँगै धड्किनेछन् तिम्रा हरेक पाइलासँग । हामी तिमीलाई स्वागत गर्न आतुर छौँ।’
उहाँले आफू सन् २०२२ मा नै सन्तान जन्माउने जानकारी दिनुभएकाो छ । उहाँले यो तस्बिर साझा गरेपछि उहाँलाई बधाईको ओइरो लागेको छ। आनन्द र सोनम हाल लण्डनमा बस्नहुन्छ ।