एमालेमा प्रवेश गर्नेहरुले पछुताउनु पर्नेछैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले प्रवेश गर्नेहरुले पछुताउनु नपर्ने बताउनुभएको छ ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी, अभिनेत्री करिश्मा मानन्धर लगायतलाई पार्टीमा प्रवेश गराउदैँ उहाँले एमाले आउनेहरुले पछुताउनु नपर्ने बताउनुभएको हो ।

‘देशको सीमा, सार्वभौमसत्ताको सुरक्षा हुन्छ भने स्वाधीनता, स्वतन्त्रता, लोकतन्त्र सुरक्षित हुन्छ भने व्यक्तिगत हितहरु असुरक्षित हुन्छन् भन्ने हुँदैन । कसैले पनि एमालेमा किन प्रवेश गरे भन्नुपर्दैन’ उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले आगामी चुनावमा एमालेले बहुमत ल्याउने दाबी गर्नुभयो । ‘आगामी चुनावमा हामी बहुमत ल्याउँछौं र बहुमत ल्याउनुपर्छ देश र विकासका लागि ।’ ओलीले भन्नुभयो ।

Back to top button