मेरो नेतृत्वको जस्तो अरू कुनै सरकारले काम गरेका छैनन् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेतृत्व गरेका सरकारले जस्तो अन्य कुनै पनि सरकारले काम गर्न नसकेको दाबी गर्नुभएको छ ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी, अभिनेत्री करिश्मा मानन्धर लगायतलाई पार्टीमा प्रवेश गराउदै ओलीले यस्तो दाबी गर्नुभएको हो ।

‘आगामी स्थानीय निर्वाचनमा हामी बहुमत ल्याउँछौं र यो देशका लागि बहुमत ल्याउनुपर्छ। त्यसका लागि लाग्नुस्,’ओलीले भन्नुभयो, ‘हामीले विगतमा नै धेरै काम गरेका छौं। जनताको विभिन्न क्षेत्रमा काम गरेका छौं।’

उहाँले आफ्नो नेतृत्वको सरकारले सुरु गरेका महत्त्वपूर्ण काम अहिलेको सरकारले रोकेको बताउनुभयो । अध्यक्ष ओलीले एमालेले आउँदो निर्वाचनमा बहुमत ल्याएपछि मुलुकको सम्बृद्धितर्फ ध्यान केन्द्रित हुने बताउनुभयो ।

Back to top button