जापानले हटायो कोभिड विरुद्धका प्रतिबन्ध

काठमाडौं । जापानले केही समयदेखि लगाउँदै आएको कोभिडविरुद्धको प्रतिबन्ध १८ वटा जिल्लामा फुकुवा गरेको जनाएको छ। जापानमा पछिल्लो समय कोभिडको संक्रमण बढ्दै गएपछि यसविरुद्ध अपनाउनुपर्ने मापदण्डका रुपमा प्रतिबन्ध लगाएको थियो।

जापानमा यस्ता ४७ स्थानमध्ये १८ वटाका यस्ता प्रतिबन्ध हटाएको हो। यसरी प्रतिबन्ध हटाइएका क्षेत्रमध्ये टोकियो र ओसाका पनि रहेका छन्। गएको जनवरी ८ देखि यस्ता प्रतिबन्ध लगाइएको थियो।

यहाँका अधिकारीहरूले आज आजदेखि १८ क्षेत्रमा प्रतिबन्धलाई हटाएको जनाएको हो। नागरिकलाई सार्वजनिक स्थलमा धेरै जम्मा हुन तथा होटल रेष्टुरेन्टहरू सञ्चालन गर्न पनि सीमित संख्याका ग्राहकमा मात्र दिइएको थियो।

अब नागरिकहरू ठूलो संख्यामा जम्मा हुने र आफ्ना व्यवसाय सञ्चालन गर्न पाउने भएका छन्। बाँकी क्षेत्रमा कोभिड १९ को संक्रमण कायमै रहेकाले अहिले प्रतिबन्ध नै कायम राखिएको छ। आगामी केही दिनसम्म यस संक्रमणको अवस्था हेरेर मात्र ती स्थानमा पनि प्रतिबन्धहरू हटाउन सकिने सरकारले जनाएको छ।

Back to top button