काठमाडौं उपत्यकामा थपिए १३ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा १३ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ९, भक्तपुरमा २ र ललितपुरमा २ जना संक्रमित थपिएका हुन्।

यस्तै गत २४ घण्टामा देशभर ४४ जना संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ।

आज ४ सय ८१ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर २ हजार ६ सय ८८ जना सक्रिय संक्रमित रहेका छन्।

गत २४ घन्टामा ४ हजार ४ सय ९५ पीसीआर तथा २ हजार ९९ एन्टिजेन परीक्षण भएको छ।

Back to top button