जगत टमाटा बन्नुभयो दशककै उत्कृष्ट कोच

काठमाडौं । क्रिकेटका कोच जगत टमाटा दशककै उत्कृष्ट प्रशिक्षक घोषित हुनुभएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आज आयोजना गरेको पल्सर स्पोर्टस् अवार्ड समारोहमा टमाटा कोच अफ दी डिकेड बन्नुभएको हो । यो पल्सर स्पोर्टस् अवार्डको १८ औँ संस्करण हो।

यस वर्ष दशककै उत्कृष्ट पुरुष र महिला खेलाडीलाई पनि अवार्ड दिइँदै छ। टमाटाले पल्सर बाइक पुरस्कार पाउनुभएको छ ।

Back to top button