१२ देखि १४ वर्षसम्म कैद सजायको माग गर्दै पल शाह विरुद्ध अदालतमा मुद्दा दर्ता

पोखरा । नाबालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ परेका पल शाहको मुद्दा अदालतमा पुगेको छ ।

सरकारी वकिलको कार्यालय तनहुँले मुद्दा अदालतमा दर्ता गराएको छ ।

शाहलाई सरकारी वकिलको कार्यालयले १२ देखि १४ वर्षसम्म कैद सजायको माग सहित अदालतमा पेस गरिएको जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार पीडित नाबालिग भएकोले हदैसम्मको कारबाही माग गरिएको हो ।

शाहसँगै उहाँका म्यानेजर कृष्ण जोशीविरुद्ध पनि ५ देखि ६ वर्ष कैद सजायको माग छ । उहाँलाई मतियारका रूपमा कारबाही गर्न भनिएको हो । शापललाई तीन पटकसम्म म्याद थपेर अनुसन्धान सकिएको हो ।

फागुन ११ गते पीडितले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएपछि शाहले १५ गते तनहुँ प्रहरीमा आत्मसमर्पण गरेका थिए । शाहविरुद्ध १५ गते नै ७ दिन म्याद थपेर अनुसन्धान थालिएको थियो भने दोस्रोपटक फागुन २१ गते १२ दिन र तेस्रोपटक चैत ४ गते ५ दिनका लागि म्याद थपिएको थियो ।

अन्तिमपटक थपिएको म्याद नसकिँदै प्रहरीले सरकारी वकिल कार्यालयमा मिसिलसहितको प्रतिवेदन पेश गरेको हो ।

Back to top button