लेटाङ घटनाप्रति संघिय सांसद खतिवडा द्वारा दुःख व्यक्त

विराटनगर । मोरङ जिल्लाको लेटाङ नगरपालिका–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयमा आइतबार भएको घटनाप्रति मोरङ क्षेत्र नम्बर १ का संघिय सांसद घनश्याम खतिवडाले दुःख व्यक्त गर्नु भएको छ ।
सांसद खतिवडाले मंगलवार  विज्ञप्ति जारी गर्दै घटनाले आफू स्तब्ध भएको उल्लेख गर्नु भएको छ ।
खतिवडाले शिक्षा विकास माध्यमिक विद्यालयमा आइतबार भएको घटनामा आफ्नो जिम्मेवारी पूरा गर्ने क्रममा नेपाल प्रहरीकी एक कर्तव्यनिष्ठ प्रहरी जवान उर्मिला श्रेष्ठको निधन भएकोमा गहिरो दुःख व्यक्त गर्नु भएको छ ।
सांसद खतिवडाले  केही अराजक व्यक्तिको भीडले घटनालाई हिंसातिर मोड्ने मनसायले शिक्षकमाथि आक्रमण, विद्यालय तोडफोड, आगजनी गर्न सुरु गरेकाले भीड नियन्त्रण गर्न र शान्ति सुरक्षा कायम गर्न प्रहरीहरू जिम्मेवारीसाथ खटिएका स्पष्ट पार्नु भएको छ ।
‘घटना लगतै स्थानीय सँग जानकारी लिँदा भिडमा बाह्य घुसपैठ सम्मका सूचनाहरू समेत आएकोले उत्त घट्नालाई बृहतरुपमा छानबिन गर्न आवश्यक देखिएको छ,यसतर्फ प्रहरीले छानबिनमा ध्यान पुर्‍याउनु पर्छ पर्छ,’ सांसद खतिवडाले भन्नु भएको छ ।
उहाँले घटनाको निष्पक्ष छानबिनमा सघाउन समेत सबैलाई आग्रह गर्नु भएको छ ।
‘कर्तव्य पालनको क्रममा  रहेको प्रहरी माथि साङ्घातिकहमला गरी ज्यान लिने सम्मको उपद्रवका पछि जो कोही पनि कानुको कठघरामा उभ्याइन समेत उहाँले माग गर्नु भएको छ । सरकार संघ उत्त घट्नाको छानबिन गरी दोषीलाई सजायको भागिदार बनाउन समेत माग गर्नु भएको छ ।
घटना भएको स्थान खतिवडाको निर्वाचन क्षेत्र पनि हो ।

Back to top button