चोरीका घटना बढ्दै जान थालेपछि नेकपा एमालेको ध्यानाकर्षण

विराटनगर । विराटनगर–८ मा चोरीका घटना बढ्दै जान थालेपछि नेकपा एमालेले  प्रहरीको ध्यानाकर्षण गराएको छ ।

वडा प्रहरी कार्यालय (ख) का प्रमुख प्रमोद रायमाझीलाई नेकपा एमाले विराटनगर–८ कमिटिले ध्यानाकर्षण गराएको हो ।

पार्टीका प्रदेश कमिटि सदस्य बालेश्वर कामतले चोरीका घटना बढ्दै जाँदा नागरिक असुरक्षित महसुश गरिरहेको बताउँदै गम्भीर बन्न प्रहरीलाई आग्रह गर्नुभयो । पार्टीका जिल्ला सदस्य राजन भण्डारी, तिला शर्मा, नगर कमिटी सदस्य उषा बराल बबि देबसहितको टोलिले प्रहरीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

त्यस क्रममा प्रहरीका प्रमुख रायमाझीले सादा पोशाकमा गस्ती खटाएर चोरीमा संलग्नलाई नियन्त्रणमा लिने आश्वासन दिनु भएको वडा अध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो ।

Back to top button