
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन–२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा मंगलवार नेपालले ७ विकेटको जीत निकालेको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्दा नेपाल ७ विकेटले विजयी भएको हो ।
नेपालको जीतमा कुशल भुर्तेल र आरिफ शेखले अर्धशतकीय इनिङ खल्नु भयने । ५० रन बनाएका कुशलले ६४ बलमा ४ चौका र १ छक्का प्रहार गर्नुभयो।
५९ रनमा अविजित रहेका आरिफले १०२ बलमा ४ चौका प्रहार गर्नुभयो । यसबाहेक नेपाली टोलीका खातामा रोहितकुमार पौडेलले अविजित ४४ रन थप्दा ओपनर आशिफ शेख २ रनमा र दीपेन्द्रसिंह ऐरी शून्यमै पभेलियन फर्किर्नुभयो। बलिङतर्फ पीएनजीका चाल्र्स एमिनीले २ विकेट लिँदा एलेइ नाओको नाममा १ विकेट रह्यो ।
यसअघि टस हारेर ब्याटिङमा आएको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १७३ रनको योगफल तयार गरेको थियो । पीएनजीका कप्तान असद भालाले सर्वाधिक ४५ रन बनाउनुभयो ।
चाड सोपरले २२, लेगा सिएकाले २० र सेसे बाउले १९ रन बनाउनुभयो । नेपालका कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले समान २ विकेट लिनुभयो । यसबाहेक पवन सर्राफ, दीपेन्द्र, आरिफ र करणले १र१ विकेट लिए ।
डिभिजन–२ मा १२ खेलबाट १२ अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ । तालिकाको पुछारमा रहेको पीएनजीले १६ खेलबाट २ अंक मात्र जोडेको छ ।